युवतीलाई आकषिर्त कसरी गर्न
सबैभन्दा पहिले औपचारिक परिचय गर्नुपर्छ।
उनीप्रति रुचि देखाउनुपर्छ, तर पिछा गर्नु हुँदैन।
यसो गर्दा आफ्नो छवि राम्रो हुँदैन साथै युवतीले
आफूलाई प्रयोग गर्न सक्छिन्।
युवतीले 'मलाई प्रभावित गर्न लागेका छन्' भन्ने
कुरा थाहा पाउने गरी कुनै काम गर्नु हुँदैन। सहज
रहनुपर्छ। चिया कफीका लागि सोझै प्रस्ताव
राख्नुहुँदैन। यदि दुवैको फुर्सद भयो भने
कुराकानीका लागि प्रस्ताव राख्न सकिन्छ।
बिस्तारै-बिस्तारै आफ्ना बारेमा उनको राय
पत्ता लगाउनुपर्छ— उनले आफूलाई
कस्तो रुपमा हेरिरहेकी छिन् ?
जबरजस्ती एकान्तमा भेट्ने प्रयास गर्नुहुँदैन।
वर्थ डे जस्ता विशेष अवसरमा गिफ्ट दिन बिर्सनु
हुँदैन। गिफ्ट उनको रुचिलाई ख्याल गरेर खरिद
गर्नुपर्छ।


0 comments
Write Down Your Responses