प्रेम सम्वन्ध सुमधुर राख्ने ८ मन्त्र
भिडियोहेर्न को लागि माथिको बक्स मा डबल क्लिक गर्नुहोस

हामी चाहन्छौ, हाम्रो जिन्दगी सधै खुशी रहोस् । शरीर स्वस्थ्य होस् । यसका
लागि विशेष सतर्कता अपनाउ“छौ । यो कुरा हाम्रो प्रेम–सम्वन्धमा पनि लागु
हुन्छ । सम्वन्धलाई प्रगाढ वनाउनका लागि केहि कुरामा अनिवार्य ध्यान
दिनुपर्छ ।
१. आफ्ना लागि समय निकालौ दाम्पत्य जीवनको अर्थ, पुरै घर गृहस्थीमा
डुब्नुपर्छ भन्ने होइन । वास्तममा खुशी र सुखी दाम्पत्य त्यो हो, जसमा
पति–पत्नीले आ–आफ्ना लागि समय व्यातित गर्ने मौका मिलोस् । यसरी एक्लै समय
विताउने क्रममा उनले आफ्नो इच्छा, चाहनाको गहिराई वुझ्न सक्छन् । यसैगरी
समय विताउनका लागि आफ्ना पार्टनरलाई पनि मौका दिनुपर्छ । यो क्रिएटिभ समयले
तपाइहरुको जीवनमा उर्जा वृद्धि त गर्छ नै खुशी पनि दिन्छ ।
२. थोरै रोमान्टिक हुनुपर्छ जीवनलाई रोमान्टिक वनाउनका लागि त्यती धेरै
खर्च गर्नु आवश्यक छैन । यसमा सानोतिनो कुराले पनि उत्तिकै महत्व राख्छ ।
एकअर्काले आदनप्रदान गर्ने सामन्य उपहार, अन्तरंग कुराकानीले पनि दाम्पत्य
जीवनमा रोमान्स ल्याउन सक्छ । पार्टनरलाई के कुराले रोमान्टिक वनाउ“छ ?
वुझ्ने कोशिस गरेर त्यही किसिमको व्यवहार गरौं ।
३. बेडरुममा साथसाथ जाने यदि तपाइ बेड सेयर गर्नुहुन्छ भने किन साथै बेडमा
जाने बानी वसाल्नु हुन्न । यसका लागि तपाइहरुको सुत्ने समय एकै हुनुपर्छ
भन्ने छैन । पार्टनरको बानी चाढै सुत्ने छ भने तपाई उनीस“गै गएर केहि छिन
बेडमा वसेर मनपर्ने पुस्तक पढ्न सक्नुहुन्छ । जब पार्टनर सुत्छन्, तव आफ्नो
बा“की काम गर्न सक्नुहुन्छ । यसले तपाइहरुको प्रेम सम्वनधलाई गाढा वनाउ“छ ।
४. एकअर्कामा कनेक्ट पर्टनरको हात आफ्नो हातमा लिनुहोस् । आ“खा जुधाउनुहोस्
। यो रोमान्टिक पलमा यस्तो कुरा गर्नुहोस्, जसले दुवैलाई रमाइलो महसुष
हुन्छ । कुनै महत्वपूर्ण कुराकानी गर्नु पूर्व यस किसिमको अभ्यासले
तपाइहरुको आपसी समझदारी वढाउ“छ ।
५. परिवर्तनका सम्वन्धनमा चर्चा गरौं परिवर्तन जीवनको नियम नै हो । जीवन
सधै एकनास रहदैन । लामो जीवन यात्रामा धेरै उत्तार चढाव भोग्नुपर्छ, हामीले
। अतः यस किसिमका उत्तार चढावका सम्वन्धमा दम्पतीले आपसमा चर्चा गर्नु
उपयुक्त हुन्छ । यसले कुनैपनि संभावित समस्यका वारेमा मानसिक रुपमा तयार
रहन सघाउ पु¥याउ“छ । जस्तो, दम्पती मध्ये एकको जागिर गुम्यो भने त्यस्तो
परिस्थितीलाई कसरी सम्हालने ? यस्ता अनपेक्षित परिवर्तनलाई आत्मसात गर्नका
लागि दम्पतीवीच मानसिक तयारी हुन आवश्यक छ ।
६. खुशी आफैभित्र खोजौं हामी प्राय दोस्रो व्यक्तिवाट खुशी खोजी रहेका
हुन्छौ । सत्य कुरा यो हो कि, तपाइको खुशी पार्टनरमा निर्भर हुदैन । यो त
आफ्नै अन्र्तमनमा निहित हुन्छ । दाम्पत्य जीवनलाई सुखमय राख्नका लागि तपाई
खुशी हुन जरुरी छ । यदि तपाई खुशी रहनु भएन भने यसको सोझै असर तपाइको
दाम्पत्य जीवनमा पर्न सक्छ ।
७. एकअर्काको अपेक्षा वुझौं कहिले कहिं हामी यस्तो सोच्छौ कि, पार्टनरले
आफ्ना लागि विशेष केहि गरोस् । यद्यपी उनलाई यस सम्वन्धमा केहि कुरा थाहा
नहुन सक्छ । अर्थात तपाईको अपेक्षा के हो ? पार्टनर यसबारे अन्जान हुन
सक्छन् । त्यसैले यस्ता कुराहरुको सूची तयार गरौ, जसले आफुलाई खुशी राख्न
सकोस् र पार्टनरवाट त्यही कुरा प्राप्त होस् । यस्तो सूची आफ्नो पार्टनरलाई
पनि तयार गर्न लगाउनु पर्छ । पछि यो सूचीलाई आपसमा वदल्न सकिन्छ । यस
किसिमले एकअर्कावीचको इच्छा, अपेक्षा थाहा हुन्छ । अतः आफ्ना पार्टनरालई
खुशी राख्ने किसिमका व्यवहार अपनाउन सकिन्छ ।
८. प्रेम अभिव्याक्त कुनैपनि सम्वन्धमा सुरक्षा एवं विश्वास जगाउनका निम्ति
प्रेम व्यक्त गर्नुपर्छ । यस सम्वन्धमा कुनै आदर्श नियम छैन । आफ्ना
पार्टनरका सामु प्रेम व्यक्त गर्ने सवैको आ–आफ्नै तरिका हुनसक्छ । तपाई
स्वंम तय गर्नुहोस् कि पार्टनरका सामु कसरी प्रेमको भावना व्याक्त गर्ने ।
एउटा गुलाबको फूल र ‘आइ लभ यु’ नोट लेखेर छोड्नु पनि प्रेम व्याक्त गर्ने
मनपर्दो तरिका हो ।
0 comments
Write Down Your Responses