के हुन लागेको यो ? लोग्ने स्वास्नी मिलेर १४ दिनको शिशु सन्तानको हत्या
भिडियोहेर्न को लागि माथिको बक्स मा डबल क्लिक गर्नुहोस
२९ असार,
प्रहरीले आफ्नै १४ दिनको नवजात शिशुको हत्या गरेका राजकुमार श्रेष्ठ र २०
बर्षीया श्रीमती शलिना श्रेष्ठलाई पक्राउ गरेको छ । काठमाडौं साङला गाविसमा
डेरा गरी बस्ने मकवानपुर जिल्ला बज्रबराहीका २६ बर्षीय राजकुमार र २०
बर्षीया शलिनालाई हत्या गरिएको बच्चा सहित प्रहरीले पक्रेको हो ।
उनीहरुले असार २७ गते राति १४ दिनको नवजात शिशुलाई कर्तव्य गरी मारेको
भन्ने खबर असार २८ साँझ पाएको थियो । महानगरीय प्रहरी बृत्त बालाजुले खवर
प्राप्त हुनासाथ उनीहरुलाई पक्राउ गरी नवजात शिशुको लास जाँच मुचुल्का
कार्य सम्पन्न गरी पोष्टमार्टमको लागि शिक्षण अस्पताल महाराजंगमा पठाइएको
थियो ।
पोष्टमार्टमका क्रममा शिशुको हत्या गरेको खुल्न आएको प्रहरीले जानकारी
दिएको छ । पक्राउ परेकालाई नियन्त्रणमा राखेर आवश्यक कानुनी कारवाही अगाडी
बढाइएको बालाजु प्रहरी बृतले जानकारी दिएको छ ।
0 comments
Write Down Your Responses