हिरोइनलाई बोक्दा कस्तो लाग्छ हिरोलाई ?


love_story_66 hero hiroin 
हिरोइन, मोडललाई उचाल्दा, बोक्दा मलाई खासै नौलो अनुभव हुँदैन । सुरुसुरुका दिनमा भने अलि अप्ठ्यारो लाग्थ्यो ।
तर, अभिनयलाई नै पेसा बनाउँछु भनेर लागेकाले मैले अनौठो महसुस कहिल्यै गरिनँ ।
चलचित्रमा अभिनय गर्नुअघि मैले थुप्रै म्युजिक भिडियो, टेलिशृंखलामा अभिनय गरेकाले त्यहाँ पनि महिला कलाकारलाई उचालिसकेको थिएँ । त्यतिवेला भने कस्तो–कस्तो महसुस हुन्थ्यो ।
मैले मेरो पहिलो चलचित्र ‘किस्मत’मा रेखा थापालाई उचालेको थिएँ । कुनै अप्ठ्यारो लागेन । प्रोफेसनल हिरोइनसँग काम गर्न सजिलो हुन्छ ।
सबै हिरोइन आ–आफ्नै पारामा प्रोफेसनल छन् । सबै सहज नै छन् । जल शाह दिदीसँग काम गर्न पाइनँ । उहाँलाई उचाल्न परेको भए गाह्रो हुन्थ्यो होला । हल्का भने नम्रता श्रेष्ठ छिन् । केकीहरू पनि ठीक छन् ।

- आर्यन सिग्देल

अधिकांश फिल्ममा हिरोले हिरोइनलाई बोक्ने, उचालेर घुमाउने सिन हुन्छ । मैले आफ्नो पहिलो फिल्म ‘पर्खिबसेँ’देखि नै हिरोइनलाई उचाल्ने सिनमा अभिनय गर्नुपरेको छ । सुरुका दिनमा त असहज हुन्थ्यो । तर, अचेल नौलो महसुस हुँदैन । उचाल्ने सट प्राय: गीतमा हुन्छ । त्यतिवेला गीतको भाव, म्युजिक बिट तथा सटको मर्मअनुसार उचाल्ने, घुमाउने गर्नुपर्छ । उचाल्दा अंगहरूको स्पर्श हुन्छ । त्यसकारण कतिपय हिरोइनले असहज मान्छन् । त्यसमा पनि घुलमिल नभएका हिरोइन त हिरोले लडाउँछ कि भनेर डराउँछन् पनि ।
मैले युना उप्रेतीदेखि लिएर झरना थापा, गरिमा पन्त, निशा अधिकारीलाई उचालेको छु । ‘अपवाद’ फिल्मको एउटा गीतको सुटिङमा मैले फिटिङ सर्ट लगाएको थिएँ । निशालाई उचालेर घुमाउनुपर्दा मसल्स फुलेर सर्ट च्यातिएको थियो ।
उचाल्नुपर्दा कहिलेकाहीँ हिरोइनले लगाएको माला टाँकमा अड्कने, धेरैपटक घुमाउनुपर्दा चक्कर लाग्ने र कट भनेपछि झट्टै छोडिदिनु त सामान्य कुरा हो । तर, अलि ज्यान परेकी हिरोइनलाई उचाल्नुपर्दा भने धेरै केयर गर्नुपर्छ । सबै कुरा अभिनय भएकाले सहजै गर्ने गरेको छु ।

- राजवल्लभ कोइराला

मैले पहिलोपटक आफ्नो पहिलो फिल्म ‘कुसुमेरुमाल  २’ मा नायिका रुबी भट्टराईलाई बोकेको थिएँ । पहिलो फिल्म र रुबीसँग खासै घुममिल नभएकाले सुरु–सुरुमा मलाई निकै अप्ठ्यारो लाग्यो । तर पनि, नबिग्रने गरी काम गरेँ । पछि–पछि त उनीसँग अलि सहज भयो ।
एउटा गीतको सुटिङको वेलामा भने हिरोइनलाई धेरैपटक उचाल्नुपर्दा मलाई दिक्क लागेको थियो । त्यो गीतको सुटिङ नारायणी नदीको तिरमा भएको थियो । उत्पात गर्मीका कारण एउटै काम पटक–पटक गर्नुपर्दा असहज लागेको थियो ।
कुसुमेरुमालपछिका फिल्ममा भने हिरोइनलाई उचाल्नुपर्दा मैले अभिनय गरिरहेको छु भन्ने यथार्थता मनन गरेँ । जसले गर्दा कुनै फिलिङ्स नै भएन, हुने गर्दैन । विशेषगरी गीतमा हिरोइनलाई बोक्नुपर्ने सट हुन्छ । अहिलेसम्म काम गरेका सबै हिरोइन हलुका नै छन् । आफूलाई मेन्टन गरेका, मिजासिला हिरोइनलाई बोक्दा सजिलो लाग्छ । धेरैपटक एउटै सट, त्यो पनि मान्छे बोकिरहने गर्नुपर्दा भने सुरुको जस्तो इनर्जी र उत्साह रहँदैन । त्यसकारण कहिलेकाहीँ हिरोइनलाई अँगालोबाट फ्यात्तै फाल्नुपर्ने हुन्छ । त्यस्तो वेलामा भने उनीहरूले पनि बुझ्छन् ।

- नीरज बराल

मैले अभिनेताका रूपमा पहिलोचोटि ‘पन्छी’ चलचित्रमा करिश्मा मानन्धरलाई उचालेको थिएँ । त्यो चलचित्रमा ‘बज्न थाले घुँघरु किन’ बोलको गीतमा करिश्मालाई उचाल्नुपर्‍यो । उनले साथ दिएकाले सहजै भयो । म पहिला निर्देशक र पछि हिरो पनि भएकाले फिल्मको भूमिकाअनुसार हिरोइनलाई उचाल्नु, बोक्नु सामान्य मान्छु ।
पन्छीभन्दा अघि मैले ‘दाग’ फिल्ममा जल शाहलाई बोकेको थिएँ । दागमा म निर्देशक मात्र थिएँ । त्यतिवेला त्यत्तिकै जिस्किएर उनलाई उचालेको थिएँ । उनी मोटी भएकीले मलाई हम्मेहम्मे नै परेको थियो । पछि, ‘क्रोध’ फिल्ममा रेखा थापालाई उचालेँ । उनले सबै कुरा जानेकीले सर्पाेट भयो । ‘काठमाण्डु’ फिल्ममा पनि हिरोइनलाई बोक्नुपर्‍यो । त्यस्ता सिन हरेक फिल्ममा हुन्छन् । मलाई त केही नौलो अनुभव हुँदैन यार । - आकाश अधिकारी

 प्रस्तुति : लक्ष्मण/नयाँ पत्रिकाका

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.