खबरदार ! यी कुराले तपाइँलाई नपुंशक बनाउन सक्छन्
मानिसमा प्रजनन क्षमता गुम्नु वा नपुंशक हुनुका विभिन्न कारण हुनसक्छन् ।
मानसिक दबाब तथा डिप्रेसन, मदिरा तथा लागु औषधको लत, धुम्रपान, मोटोपन,
मधुमेह, हृदयरोग तथा उच्च रक्तचाप जस्ता समस्याहरुले कालान्तरमा मानिसलाई
नपुंशक बनाउन सक्छन् ।
पछिल्लो एक अध्ययनले आउँदा वर्षहरुमा विश्वमा प्रजनन क्षमता गुमाउने
मानिसहरुको संख्या झनै बढ्ने र सन् २०२५ सम्ममा यस्ता नपुंशक मानिसहरुमध्ये
सबैभन्दा धेरै भारतीय हुने ठहर गरेको छ । मानिसलाई नपुशंक बनाउने
तत्वमध्ये विश्व उष्ण्िाकरण तथा जलवायु परिवर्तन समेत महत्वपूर्ण कारकतत्व
बन्ने विज्ञहरु बताउँछन् । यसका साथै अनियमित जिवनशैलीले समेत प्रजनन
क्षमता नष्ट गर्नमा सहयोग गर्छ । विज्ञहरुका अनुसार विश्वमा नपुंशकताका
सिकार भएका मध्ये सबैभन्दा धेरै मानिस एशिया, अफि्रका र उत्तर अमेरिकामा
छन् ।
खानपानमा विशेष ध्यान दिने, स्वस्थ जिवनशैली अपनाउने, व्यायाम गर्ने जस्ता
विषयमा ध्यान नपूराउनेहो भने नपुंशकताको सिकार बन्ने मानिसहरुको संख्या
बढ्ने विज्ञहरुले चेतावनी दिएका छन् । मानिसमा नपुंशकताको खतरा बढाउने आदत
यस्ता छन् :
१. धेरै कफी तथा चिया पिउने बानीले महिला तथा पुरुषको प्रजनन क्षमतामा असर
पूराउँछ । नियमित रुपमा अत्यधिक चिया तथा कफी पिउँदा कालान्तरमा मानिस
नपुंशक बन्ने खतरा रहेको विज्ञहरुको भनाइ छ
२.बढि पिरो, चिल्लो, अमिलो तथा गर्मी खानेकुराको सेवन पनि प्रजनन
स्वास्थ्यका लागि हानिकारक हुन्छ । यस्ता पदार्थको अत्यधिक सेवनले पुरुषमा
विर्यको गुणस्तर तथा शुक्रकिटको संख्यामा कमी ल्याउने बताइन्छ ।
३.सुतेको बेला घुर्ने बानी छ भने पनि सतर्क हुनुहोस् । घुर्ने बानीले समेत
तपाइँलाई नपुंशक बनाउन सक्छ । तपाइ घुर्नुको अर्थ के हो भने तपाइँले सुतेको
बेला राम्रोसँग स्वास लिन पाउनुभएको छैन । राम्रोसँग नसुत्नु तथा राम्रो
निद्रा नपर्नु पनि नपुंशकतासँग सम्बन्धित भएको विभिन्न अध्ययनले देखाएका
छन् । घुर्ने व्यक्तिको सुतेको समयमा रगतमा राम्रोसँग अक्सिजन प्रवाह नहुने
भएकाले त्यसले प्रजनन क्षमतामा समेत नराम्रो असर पूराउँछ । त्यसैले आफ्नो
घुर्ने बानीलाई कम गरी राम्रोसँग सुत्ने गर्नुहोस् ।
४.धूमपानले पनि मानिसलाई नपुंशक बनाउने खतरा हुन्छ । धूमपानका कारण मानिसको
रक्तसंचारमा असर पर्छ । रक्तसंचारमा असर पर्नु भनेको प्रजनन क्षमता कमजोर
हुनु हो ।
५. मोटोपन बढ्नु भनेको शारीरिक, मानसिक तथा यौनिक स्वास्थ्यका लागि निकै
खराब विषय हो । यसको सिधा असर मानिसको यौन क्षमता तथा प्रजनन स्वास्थ्यमा
समेत पर्छ । मोटोपनले विभिन्न खाले रक्त तथा हृदयरोग निम्ताउनुका साथै
मानिसको प्रजनन क्षमतामा समेत खलल पूराउँछ । त्यसैले सन्तुलित भोजन तथा
व्यायाममा ध्यान दिनुपर्छ ।
६. पर्याप्त निद्रा नलिने मानिसमा पनि नपुंशकताको खतरा बढ्छ । दिनको ८
घण्टा नसुत्ने मानिसमा थकान बढ्ने मात्र होइन सरीरको जैविक प्रक्रियामा पनि
असर पुग्छ । पर्याप्त समय नसुत्नाले सरीरमा हर्मोनको असन्तुलन हुन्छ जसले
यौन तथा प्रजनन क्षमतामा ह्रास ल्याउँछ र नपुंशकताको खतरा बढाउँछ ।
६. जाँड रक्सीको सेवन प्रजनन स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । यसले
रक्तविकार बढाउने तथा यौन क्षमतामा ह्रास ल्याउने विज्ञहरु बताउँछन् ।
मध्यपानले सरीरमा रक्तप्रवाह सुस्त बनाउनुका साथै प्रजनन अंगहरुमा हुने
रक्तप्रवाहलाई समेत असर पूराउने विज्ञहरुको भनाइ छ ।
७. जंक फुडको सेवन बढि गर्ने मानिसको सरीरमा आवश्यक पोषणको कमी हुन्छ ।
यस्तो कमी पूर्ति गर्नका लागि भन्दै विभिन्न खाले औषधि तथा चक्की खाने
बानीले समेत अन्ततः मानिसको प्रजनन क्षमतामा असर पूराउँछ । यस्ता
सप्लिमेन्टले सरीरमा आवश्यक भिटामिन तथा मिनिरल्सको आपूर्तिमा सहयोग
पूराउने भएपनि सप्लिमेन्टस्ले विभिन्न साइड इफेक्ट पूराउँछन् ।
८.तनाव पनि नपुंशकताको कारक बन्न सक्छ । यदि मानिसको जिवनशैली निकै
तनावपूर्ण छ भने उसको यौन क्षमतामा कमी आउँछ । दैनिक रुपमा कामकाजमा तनाव
लिइरहने मानिसमा नपुंशकताको समस्या आउने खतरा बढि हुने विज्ञहरु बताउँछन् ।

0 comments
Write Down Your Responses