पार्टनरलाई खुसी राख्ने केही टिप्स भिडियो सहित
आफ्नो प्रेमिका वा श्रीमती बेलाबेलामा रिसाएर कत्तिको दिक्क हुनुभएको छ ?
सोँच्नुहोस् त कतै तपाइँकै कारण पो तपाइँकी पार्टनर यसो गर्न बाध्य
हुनुभएको पो हो की ? पार्टनरको मन जित्न के गर्नुपर्ला ? भन्ने लागिरहेको
हुनसक्छ तपाइँलाई । हामीले यहाँ त्यस्ता केही टिप्स दिएका छौँ जसलाई प्रयोग
गर्नुभयो भने तपाइँकी पार्टनर खुसी हुनेछिन् ः
· जब तपाइँकी प्रेमिका वा श्रीमती तपाइँसँग कुराकानी गरिरहेकी छिन् भने उनका कुरा ध्यानसँग सुन्ने बानी बसाल्नुहोस् ।
· आफ्नो पार्टनरसँग खुलेर कुराकानी गर्नुहोस्, कुरा नलुकाउनुहोस् ।
· पार्टनरलाई आफ्नो पारिवारिक सर्कल तथा साथीसँगीसँग पनि भेटघाट गर्ने तथा
रमाइलो गर्ने अवसर जुटाइदिनुस् । यसबाट तपाइँको पार्टनरलाई लाग्नेछ की
तपाइँ उनलाई खुब ख्याल गर्नुहुन्छ ।
· महिनामा कम्तीमा एक पटक श्रीमतीसँगै खाना बनाउन किचनमा पस्नुहोस् वा खाना बनाएर खुवाउनुहोस् ।
· गर्लफ्रेण्डलाई प्रभावित गर्न तिब्र गतिमा गाडी चलाउनुपर्छ भन्ने भ्रम
त्याग्नुहोस् । होस पूराउनुहोस् तिब्र गतिमा गाडी चलाउँदा दुर्घटना हुने
मात्र होइन धेरै महिलालाई यस्तो मन पर्दैन पनि ।
· पार्टनरलाई हेँप्ने वा बढि जबरजस्ती गर्ने काम नगर्नुहोस् । आफुलाई सधै माथि पार्नुपर्ने अड्डी पनि त्याग्नुहोस् ।
· विभिन्न अवसरमा उपहारको सरप्राइज दिन नभुल्नुहोस्
· झुट नबोल्नुहोस्, कुरा नलुकाउनुहोस् ।

0 comments
Write Down Your Responses