‘धुम्रपान स्वास्नीको लागि हानिकारक छ’ (भिडियो)
‘धुम्रपान
स्वास्थ्यका लागि हानिकार छ’ भन्ने सन्देश त तपाइले सुन्नु नै भएको होला ।
तर अब यो सन्देशको रुप फेरिएको छ । भाद्र २१ गतेबाट प्रदर्शनमा आउन लागेको
चलचित्र ‘जंजिर’ले यो सन्देशलाई नयाँ तबरले प्रस्तुत गरेको छ ।
चलचित्रमा कलाकार जयकिशन बस्नेत ‘धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ’
भन्न छोडेर ‘ धुम्रपान स्वास्नीका लागि हानिकार छ’ भन्दै गरेको अवस्थामा
देखिने छन् । शोभित बस्नेतको निर्देशनमा तयार भएको यो चलचित्रमा जयकिशन
बस्नेत, हषिर्का श्रेष्ठ लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । चलचित्र
‘जंजिर’ थकालीमा पाकेको खाना हो भन्न रुचाउछन् निर्देशक बस्नेत । करण
क्रेजीको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा मोहनकृष्ण श्रेष्ठको पनि
लगानी छ ।
चलचित्रको हाल धमाधम डबिङ कार्य भइरहेको छ
। डबिङका लागि नायिका हषिर्का श्रेष्ठ व्यस्त देखिएकी थिइन् । चलचित्रको
‘किन गाह्रो गाह्रो हुन्छ’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छ ।
अनलाइनखबरले चलचित्रको डबिङ भइरहेको स्थानमा पुगेर तयार पारेको भिडियो
रिपोर्ट :
0 comments
Write Down Your Responses