भर्जिन हो कि होईन आँफै बुझ्नुस्: जमुना जोशी

jamuna-joshi-1
लमजुङ्को जन्म थलो र काठमाडौंको कर्म थलोको रुपमा लिने गरिकी २४ बर्षीय गायिका जमुना जोशी साङितिक क्षेत्रमा कुनै नौलो नाम होईन । तर उनको परिचय गायिका मात्र पनि होईन उनी लमजुङ् जेसिजकी सस्थापक अध्यक्ष पनि हुन् त्यसैले जमुनालाई यो क्षेत्रकाले पनि स्पस्ट सँग चिन्न सक्छन र लम्जुङ जेसिजमा उनको योगदान पनि रहेको छ । जेसिज सँगै संगीतलाई पनि निरन्तरता दिदै आएकी जमुनाले २ बर्ष अगाडि सबैलाई गायिका भएकी छु आफ्ना गीत सुनिदिनुहुन भनेर निमन्त्रणा पनि गरिन् निमन्त्रणा एल्बमबाट ।
पहिलो एल्बमकै सफलता सँगै धेरै कन्सर्ट तथा सास्कृतिक कार्यक्रममा पनि व्यस्त बनिन् । त्यसैका बाबजुद २ बर्षकै अबधिमा उनले अर्को नयाँ एल्बमको पनि तयार गरिसकेकी छिन् । संगीत गरु चन्दन श्रेष्ठ सँग ५ बर्षको संगीत अध्ययन गरेकी जोशीका लागि संगीतनै मुटुको टुक्रा बनेको छ । यस अर्थमा उनी संगीत मा सफल पनि छिन् किन कि कतीपयले १० औ बर्ष संगीत सिक्दा पनि खासै जम्न सकेका छैनन् भने २ बर्षको ग्यापमा एल्बम निकाल्न धेरै गाह्रो छ ।
पैसाकै भरमा मात्र संगीतमा टिक्न सकिदैन मुख्य कुरा भोईस हुनुपर्छ भन्छिन उनी र पहिलो एल्बममा भन्दा दोस्रो एल्बम मा धेरै कुरा परिवर्तन गरेको उनले दाबी गरेकीछीन ।
हाल सम्म करिब ३ दर्जनजती गीत गाइसकेकी छिन भने २ वटा फिल्ममा पनि गीत गाएको छिन तर कारणबश सो फिल्म शुटिङ हुन सकेको छैन ।
उनको दोस्रो एल्बम निमन्त्रणा-२ भाद्र पहिलो साता सम्ममा रिलिज गर्दै छिन् । दर्शक स्रोताको चाहनालाई मध्य नजर गर्दै दोस्रो एल्बम निमन्त्रणा-२ तयार गरेको बताउने गायिका जमुना जोशी सँग सञ्चारकर्मी श्यामसुन्दर गिरीले गर्नु भएको कुराकानीको सम्पादित अशं:
हिजोआज के गर्दै हुनुहुन्छ ?
मेरो दोस्रो एल्बम निमन्त्रणा-२ को प्रोमोसनमा ब्यस्त छु । अरु त खासै केही पनि छैन । बाँकी समय सामान्य सैलीमा नै बितिरहेको छ ।
दोस्रो एल्बम निमन्त्रणा-२ को बारेमा केही भनिदिनुस् न ।
दोस्रो एल्बम निमन्त्रणा-२ मा मैले ६ वटा गीत लाई समावेश गरेकी छु । जसमा सुगम पोखरेल, बसन्त सापकोटा, अनिल अधिकारि, महेश खड्का र राजनराज सिवाकोटीको संगीत छ भने भुपेन्द्र खड्का अनिल अधिकारी र कुमार बिबहित र राजनराजको शब्द छ । पहिलो एल्बम निमन्त्रणामा भन्दा धेरै नै मेहनत गरिकी छु । पहिला आवाज अली काँचो थियो अहिले निखारता पनि आएको छ । पहिलो एल्बममा भएका कमिकम्जोरीलाई सुधारेकी छु त्यसैले पहिलो एल्बम जतीले मन पराइदिनु भयो यो दोस्रो एल्बमलाई झनै मनपराइेदिनु हुन्छ म विश्वस्त छु । मैले मेरो डान्सिङ बेसको गितलाई यो एल्बम मा पनि निरन्तरता दिएकी छु ।
“जतीनजिक हुन्छु म” कस्तो शैलीको भिडियो हो ?
लभ सङ नै हो तर यस्तो नै हो भन्ने नै नयाँपनको त होईन । भिडियो एक्दमै राम्रो बनेको छ म खुशी छु । सबै जनाले एक पटक हेरिदिनुस् थाहा भईहाल्छ नि ।
भिडियोमा आँफै खेल्नु भाको छ पैसा बचाउनु भएको हो ?
पैसा बचाएको होइेन । मलाई पनि आफ्नो भिडियोमा खेल्ने रहर थियो त्यसै कारण खेलेकी हुँ । किन म सुट गरेकी छैन र ?
मोडलिङ र गायन मध्ये एक रोज्नु पर्दा ?
दाँया बाँया कतै नसोची गायन नै हो ।
फिल्म पनि खेल्ने बिचार छ कि त ?
बिचार भन्दा पनि समय सापेक्षको कुरा, फिल्म टिमको कुरा आउँछ । राम्रो टिम र फिल्मको अफर आयो भने सोच्न सकिन्छ । र पहिला पनि आएको थियो अफर तर अग्रीमेन्ट गरेपछी र पेस्की लिएपछी पनि विविध कारणले सो फिल्म खेलिन ।
सँधै भरी संगीत मा बाँच्न सकिन्छ जस्तो लाग्छ ?
धेरै गाह्रो छ त्यसैले हिजो आज सोच्न थालेकी छु । सायद अब म साइड बिजनेस पनि गर्छु होला ।
कस्तो बिजनेस ?
यस्तै किसिमको भनेर अहिलेनै त म भन्दिन तर म योजनामा छु पछी गरेपछी थाहा पाइहल्नु हुन्छ नि ।
दोस्रो एल्बम बाट के अपेक्षा लिनुभएको छ ?
यो एल्बम बाट म अझ चर्चित हुनेछु, अझ धेरैले चिन्नु हुनेछ र खासमा भन्नुपर्दा कुनै लक्षित अपेक्षा छैन तर अलीकती हिट हुन्छुकी भन्ने आशा चाँही मनमा छ ।
जमुनाजी को पहिलो प्रेम ?
त्यस्तो त छैन अली-अली सामान्य स्कुल कलेजमा हुने कुरा त छदैछ नि । याद आउने टाइपको चाँही खै सम्झना नै भएन ।
अहिले ब्यायफ्रेन्ड छैन त ?
ग्यारेन्टिका साथ भन्छु छैन । अब घरजम गर्ने बेलामा के ब्यायफ्रेन्ड बनाउनु नि होईन ? बिएफ बनाउने उमेर गयो अब घरजम गर्नुपर्छ । बरु कोही छ भनी भन्नुस् बिचार गरुला (हाँस्दै….)
कस्ता पुरुषले जमुनाको मन जित्न सक्छ ?
- वाउउउउउ एकदमै ह्यान्ड्सम, ड्यासिङ टाइपको, स्मार्ट, हाई पर्सानालिटी भएको, फर्मल देख्दा पनि अली फरक लाग्ने कुरा गर्ने फरक स्टाईल भएको पुरुषले सजिलै मन जित्न सक्छन् । त्यस्तो अझ सम्म भेटेकी छैन दु:खको कुरा हिहिहिही…
सेक्स के हो ? अनुभव छ ?
सेक्स अत्यावश्यक कुरा हो, प्राकृतिक कुरा हो सबैलाई चाहिन्छ । मन मिलेको मान्छे जो कोही सँग पनी हुन सक्छ । तर म सँग सेक्सको अनुभव छैन । यदि थियो भने छ भनिदिन्थे । अहिलेको समयमा सकरात्मक सोचाइले कुरा गर्दा केही फरक पर्दैन ।
अझै भर्जिननै हो त ?
अहिले सम्म सेक्सको अनुभव गरेकी छैन । अब भर्जिन हो कि होईन आँफै बुझ्नुस् ।
कसैले सेक्सका लागि वाध्य पारे भने ?
कसैले वाध्य पार्दैमा हुने र गर्ने भन्ने कुरा होइेन नि । म बाट चाँही हुँदैन तर एकदमै फोर्स भयो भने त सोच्नु पनि पर्छ नि होइेन र ? त्यसैले त्यो कुरा त्यतीबेलाको समयमा भर पर्छ अहिले नै यस्तो गर्छु भनेर होला जस्तो लाग्दैन ।
यो क्षेत्रमा कत्तिको ह्यारेस्मेन्ट भोग्नु पर्यो ?
खै सुन्नु, देख्नु र आँफैले भोग्नु फरक कुरा हो । नहोला त भन्दिन यो क्षेत्रमा तर मेरो सन्दर्भमा आजको दिनसम्म म चाँही सेक्स ह्यारेस्मेन्टको सिकार बनेकी छैन । यि कुरा व्याक्ती बिशेषमा भरपर्ने कुरा हो नि व्याक्तीको नेचरमा भर पर्छ । मलाई कसैले ह्यारेस्मेन्ट गर्न आँट पनि गर्न सक्दैनन् ।
अहिले संगीत बजार कस्तो छ ?
अहिले एल्बम निकाले पनि बिक्री हुदैन । एल्बम केवल शुभचिन्तक र निरन्तरताका लागि निकाल्ने मात्र हो । कलाकार बाँच्ने एक मात्र उपाय भनेको सास्कृतिक कार्यक्रम नै हो । समग्रमा भन्नुपर्दा बजार खस्कदो छ तर एल्बम निकालेपछी कार्यक्रम अली धेरै पाइेन्छ भन्ने लाग्छ । बाँकी कपी र पाइरेसीको कुरा त छँदैछ ।
संगीतमा आउन चाहने नयाँ अनुहारलाई के भन्नु हुन्छ ?
संगीतमा पैसा मात्रै भएर पनि हुँदैन र नभए पनि हुँदैन । गला, कला र पैसा भयो भने बल्ल संगीतको मज्जा नै बेग्लै हुन्छ । त्यसैले केही कुरा सिकेर, बुझेर आउनु होला पैसाकै भरमा मात्र गीत निकाल्छु भनेर नआउनु होला र अर्को कुरा गूणात्मकलाई भन्दा पनि गूणस्तरलाई ध्यान दिन म आग्रह गर्छु ।
हाम्रा पाठकवर्गलाई के भन्न चाहनुहुन्छ ?
जमुना जोशी भनेकी संगीतमा संघर्षरत छे सबैको माया प्रेम र सल्लाह, सुझावको खाँचो छ । गीत सुनेर र हेरेर कमेन्ट गरिदिनु होला तपाईंहरुको कमेन्टले अझ आगामी दिनहरुमा म राम्रो गर्न सक्छु । अझै पनि अबसरकै खाचो छ मलाई । मेरो दोस्रो एल्बम निमन्त्रणा-२ अब साउनको अन्तिम देखी भाद्र पहिलो हप्ता भित्र रिलिज गर्दै छु सम्भव भए सम्म किनेर सुनिदिनु होला । सम्पूर्ण पाठकहरुमा मेरो बिन्ती छ नेपाली संगीतलाई माया गरिदिनुस्, पाइरेसी रोक्नु पर्छ ।

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.