केटाको भेषमा केटीले गरिन् केटीकै बलात्कार…

स्कटल्याण्डकी एक १८ वर्षीय युवतीले ३ वर्षको जेल सजाय पाएकी छिन् । आफु केटा भएको भन्दै एक किशोरीमाथि साढे ३ वर्षदेखि लगातार बलात्कार गर्दै आएकी ती
केटाको भेषमा केटीले गरिन् केटीकै बलात्कार…
केटाको भेषमा केटीले गरिन् केटीकै बलात्कार…
युवतीले जेलको हावा खानुपरेको हो
जस्टिन म्याकनेली नामकी ती युवतीले केटाको भेष गरेर १६ वर्षकी कि किशोरीसँग अनलाइनमार्फत सम्बन्ध स्थापित गरी भेटघाट समेत गरेर यौन सम्पर्क गरेकी थिइन् । अदालतमा मुद्दा दायर गर्ने डेभिड मार्खामका अनुसार साढे तिन वर्षदेखिको अनलाइन चिनजान पछि जस्टिनले ती किशोरीलाई ललाइफकाइ गरेकी थिइन् । केटाको भेषमा केटीद्धारा नै बलात्कृत हुने ती किशोरी लण्डनकी हुन् । भविष्यमा विवाह गर्ने आश्वासन दिँदै साथीको घरमा बोलाएर ती युवतीले किशोरीलाई पहिलोपटक बलात्कार गरेकी थिइन् र त्यसपछि पनि तिन पटकसम्म उनले बलात्कार गरिन् । बलात्कारमा पर्ने किशोरीको झोलामा कृत्रिम लिंग फेला परेपछि उनकी आमाले केरकार गर्दा ती किशोरीले आफ्नो सम्बन्धको बारेमा सबै खुलस्त पारिन् । त्यसपछि ती किशोरीकी आमाले त्यसरी बलात्कार गर्ने केटा नभएर केटी भएको भन्दै जस्टिनलाई पक्राउ गराउने निधो गरिन् । आखिर फेरी सेक्स गर्नका लागि जस्टिनलाई ती किशोरीले बोलाइन् र सोही बेलामा प्रहरीद्धारा उनलाई पक्राउ गराइयो । उड ग्रिन क्राउन अदालतले केटाको भेषमा किशोरीलाई बलात्कार गर्ने ती युवतीलाई साढे ३ वर्षको जेल सजाय सुनाएको हो

, , , ,

0 comments

Write Down Your Responses

Powered by Blogger.