पिउने हो ९९ हजारको हि्वस्की ?

w
जोन वाकर एन्ड सन्सले ९९ हजार मूल्य पर्ने ओडिस्सी नामक हि्वस्की नेपाली बजारमा भित्र्याउने भएको छ ।
७ सय ५० एमएलको सिसीमा उपलब्ध हुने हि्वस्की आधिकारिक विक्रेता ग्लोबल ट्रेडिङ कन्र्सनले भित्र्याउने भएको हो ।
कम्पनीले चाँडै यो हि्वस्की भित्र्याउने जानकारी दिएको छ । जोन वाकरका एसिया प्यासिफिक प्रमुख बजार व्यवस्थापक जेम्स थप्पसनले यो हि्वस्की अलेक्जेन्डरको असली मिश्रण विधिमा आधारित रहेको जानकारी दिए । ‘ओडिस्सी एक त्यस्तो मिश्रण हो, जुन हामीले सर अलेक्जेन्डरको सम्मानमा तयार पारेका हौं,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विलासीतापूर्ण तथा उत्कृष्ट स्वादको अनुभूति ग्रहण गर्न चाहने हरेकका लागि उपयुक्त हुने गरी बनाइएको छ ।’ कम्पनीले भारतलगायत विभिन्न मुलुकमा यो हि्वस्की सार्वजनिक गरिसकेको छ ।

, , , ,

0 comments

Write Down Your Responses

Powered by Blogger.