माइला डटकममा सेक्स नै सेक्स हेर्नुहोस भिडियो
भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुस !
मानिसको दिमागमा छिट्टै प्रभाव पार्नसक्ने भनेको यौन नै हो । त्यसैले
पछिल्लो समय निर्माण भएका

चलचित्रमा त यौनका दृश्य प्रशस्तै रहँदै आएका छन्
। चलचित्रमा अभिन्न अंगझैं प्रयोग हुँदै आएका यौनका प्रसंग अब नाटकमा पनि
समावेश हुनथालेको छ । यस्तै यौन मनोविज्ञानमा आधारित नाटक ‘माइला डटकम’
केही दिनदेखि अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ । चियापसलमा काम
गर्ने युवा (माइला) र उमेर ढल्कँदै गएकी साहुनीको मनोविज्ञानमा आधारित हो—
नाटक माइला डटकम । बेफुर्सदका कारण कतै जान नपाएका माइला सधैं घरअगाडि
रहेकी साहुनी मन पराउन थाल्छ । साहुनीका हरेक क्रियाकलाप उसका लागि
आनन्ददायी हुन्छन् । साहुनीप्रति उसको मनमा यौनचाहना पलाइरहेको हुन्छ । दिन
बित्दै जाँदा एकदिन उसले साहुनीलाई एक्कासि चुम्बन गर्न सफल हुन्छ र आफ्नो
यो क्रियाकलापलाई पराक्रम पनि सम्झन्छ । नाटकको अत्यसम्म यस्तै प्रसंग
रहेका छन् । करिब ४५ मिनेटको यो नाटकले किशोरावस्थाको यौन उत्सुकता र
चाहनालाई प्रस्ट्याउन खोजेको छ ।
नाटकमा माइलाको भूमिका राजन खतिवडा छन् भने सिर्जना सुब्बाले साहुनीको
भूमिका निभाएकी छन् । ३० वर्षीय राजन १५ वर्षीय किशोरका रूपमा छन् भने
खतिवडाभन्दा कान्छी सुब्बा अधबैँसे महिलाको भूमिकामा छिन् । यी दुवै कलाकार
भूमिकामा जमेका पनि छन् । चियापसलकै परिवेश नाटकलाई रोचक बनाइएको छ यो नै
माइला डट कमको विशेषता हो ।
धेरै अन्तद्र्वन्द्व देखाइएको नाटकको पात्र आफू नै भएको दर्शकले महसुस
गर्दछन् । साहुनी र माइला पात्रमार्फत दर्शकलाई मोहित तुल्याउनु कलाकारको
दक्षता मान्नु पर्छ ।
भारत, बंगलादेशसहित यो नाटक विभिन्न देशका १६ मञ्चमा मञ्चन भइसकेको छ ।
मण्डला थिएटरमा यो नाटक आगामी २० गतेसम्म मञ्चन हुने कलाकार राजन खतिवडाले
जानकारी गराए ।
नाटकको निर्देशन दयाहाङ राईले गरेका हुन् । केही दिनदेखि जारी यो नाटककमा
दिन प्रतिदिन दर्शकको उपस्थिति बढ्दै भएको छ । दर्शक बढ्दै गए भने केही दिन
बढाउने नाटक समूहको योजना छ ।
0 comments
Write Down Your Responses