पैसाको लागि शरीर बेचेको नायिकाको खुलासा






मुम्बई: चर्चामा आउन सेलिब्रेटिहरुले अनेक गतिबिधि गर्ने कुरा नौलो हैन, चाहे त्यो हलिउड होस् या बलिउड वा कलिउड नै किन नहोस् । यस्तै गरेकी छिन् भारतीय अभिनेत्री तथा मोडल शर्लिन चोपडाले पनि । भर्खरै प्लेब्वाइ म्यागेजिनमा फोटो खिचाएर चर्चामा रहेकी चोपडाले विगतमा पैसाको लागि शारीरिक सम्बन्ध बनाएको खुलासा गरेकी छन् ।अहिले पनि त्यस्तो प्रस्ताव आउन नरोकिएको पनि उनले खुलाएकी छन् ।

उनका अनुसार अहिलेपनि धेरैले अनलाइनमार्फत सम्पर्क नम्बर दिएर उनीसंग सेक्सको प्रस्ताव राख्ने गर्छन् । तर, हाल आएर पैसाका लागि सम्बन्ध बनाउन छाडेको उनी बताउँछिन् । २८ वर्षे शर्लिनले ट्वीटरमा लेखेकी छन् -‘कुनै आवश्यकताका लागि रोजाई वा निर्णय गरेर आफूलाई स्वतन्त्र दाबी गर्न सक्तिनँ, म आँटिलो हुनुमा आनन्द मान्छु, फोटो वा फिल्ममा यौनिकता फैलाउन पाउँदा आनन्द आउँछ, अनियन्त्रित वासना वा आकर्षणको अन्तिम नतिजाका रूपमा म यौनमा रमाउँछु, तर माफ गर्नुस्, म अब पैसाको लागि यौन सम्बन्ध राख्ने गर्दिनँ’ ।

शर्लिनले यो खुलासालाई आफ्नो सानो प्रायश्चित मानेकी छन् । ‘यो रहस्य खुलाउनुको कारण कसैको सहानुभूति खोस्न, कसैलाई चकित पार्न वा म आफूलाई परिवर्तित देखाउन होइन, यो सिर्फ केही तथ्य हो ।’ सन् २००२ बाट बलिउडमा करियर सुरु गरेकी २८ बर्षिय शर्लिन २००९ मा 'दिल बोले हडिप्पा' मा देखिएकी थिइन् भने उनि हाल 'कामशुत्र थ्री डी' मा काम गरिरहेकी छिन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.